Aamsanchar

बिर्तामोडमा ‘दोस्रो एकता स्पोर्टिङ गोल्ड कप २०८०’ हुने    

Author Image
शनिवार, भदौ २, २०८०

चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्ला स्तरीय खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
एकता स्पोर्टिङ् क्लबको आयोजनामा आगामी असोज २५ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने ‘दोस्रो एकता स्पोर्टिङ गोल्ड कप २०८०’ प्रतियोगिताको लागि झापाका चर्चित ८ वटा टिमको सहभागिता रहेन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको लागि राजगढ फुटबल क्लब, जलथल फुटबल क्लब, बिर्तामोड युनाइटेड, एकता स्पोर्टिङ् क्लब बिर्तामोड २, काँकडभिट्टा ट्रेनिङ सेन्टर, दमक फुटबल क्लब, बुट्टाबारी फूटबल क्लब र भद्रपुर फुटबल क्लबको सहभागिता रहने निश्चित भएको अध्यक्ष पौडेलको भनाई छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११, दोस्रो पुरस्कार राशि ५५ हजार ५ सय ५५ रहेको छ । त्यसैगरी प्रत्येक खेलमा मेनअफद म्याच खेलाडीलाई नगद १ हजार, फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने संस्थाका प्राविधिक संयोजक माधव खरेलले बताए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएका ले युवाहरूको सर्वाङीण विकास गरि उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी रहन्छ भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै वीर अमर सिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष कोचको व्यवस्था गरि १६ वर्ष मुनिका १ सय भन्दा बढी बालबालिकाहरूलाई खेलकुदको तालिम प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबल खेल प्रति उत्प्रेरित गरि युवाहरूको वृत्तिविकासमा सहयोग पुर्याउने शारीरिक रुपमा स्वस्थ युवा तयार, प्रतियोगिताको माध्यमबाट क्लबलाई देश विदेशमा चिनाउने क्लबको उद्देश्य रहेको छ । यिनै उद्देश्यहरू लाई साकार गर्नको लागि  दोस्रो पटक टुर्नामेन्ट आयोजना गरिएको क्लबका सदस्य रमेश उप्रेतीले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा क्लबका देविप्रसाद काफ्ले, मोहन कोइराला, लक्ष्मीप्रसाद घिमिरे, रामकृष्ण दाहाल, अर्जुन धौराली, गोविन्द गिरी, कमला लिम्बू, दीपिन श्रेष्ठ, रज्जु मुर्मु लगायतको उपस्थिति रहेको थियो ।

भिडियो समाचार ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)