Aamsanchar

(नाट्टा) कोशी प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराईसहित सिंगोटिम निर्विरोध निर्वाचित

Author Image
आइतवार, भदौ ३, २०८०

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको हिजो शनिवार सम्पन्न ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले भने ‘कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने छौं ।’  ‘पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा प्रचार प्रसार भएकोे कारणले थुप्रै गन्तव्यहरू ओझेलमा परेको छन् । यसको प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा कोशी प्रदेशलाई अगाडी बढाएर लैजान नाट्टा र सरकार हातेमालो गरेर अगाडी बढ्नुपर्ने हुन्छ ।’ ‘कोरोना कहर पछि ट्राभल व्यवसाय धारसाय बन्दै गएको छ राज्यले धरौटी लिने एक लाख रुपैयाँ हटाउनुपर्ने हुन्छ, पर्यटन व्यसायीहरुलाई सरकारले जबसम्म प्रोत्साहन र हौशला प्रदान गदैृन तव सम्म पर्यटन क्षेत्रको विकास र प्रर्वधनमा टेवापुग्न गारों हुन्छ ।’

नाट्टाको निवर्तमान अध्यक्षमा उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नविन खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । नाट्टाको सदस्यहरूमा मोहन सेलवाल, धर्म सिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का रहेका छन् ।

नाटाको साधरण सभा र अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरेका थिए । कार्यक्रममको उद्घाटन गर्दै उनले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा सरकार लागि पर्ने बताए । कोशी प्रदेश पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको प्रदेश भएकोले कारणले आन्तरीक र बाहिय पर्यटक भित्र्याएर अगाडी बढन निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढने उनले बताए ।

कार्यक्रममा नाटा केन्द्रीय अध्यक्ष रमेश थापा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिब सन्जय कुमार राई, नाट्टाका गण्डकी, मधेश प्रदेशका अध्यक्षहरुको पनि उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)