काठमाडौं : नेपाली राष्ट्रिय टोलीका फुटबलर विमल घर्ती मगर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विमलले लिना प्रधानसँग लगनगाँठो कसेका हुन्। दुवै जनाले आज (आइतबार) परिवारजनको उपस्थितिमा भद्रकाली मन्दिरमा गएर विवाह गरेका हुन्।
एएफसी कप छनोटको प्लेअफअन्तर्गत पारो एफसीविरुद्ध ‘प्लेयर अफ द म्याच’ बनेपछि विमलले लिनालाई नै गोल समर्पण गरेका थिए। विमलले आज सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर पनि सार्वजनिक गरेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 47