Aamsanchar

एसिया कपमा आफूहरूको ‍लक्ष्य उत्कृष्ट खेल्नेमा हुने : कप्तान रोहित पौडेल

Author Image
मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरूको ‍लक्ष्य उत्कृष्ट खेल्नेमा हुने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा रोहितले नतिजा आफूहरूको नियन्त्रणमा नरहेकाले उत्कृष्ट खेल्ने नै आफूहरूको उद्देश्य हुने बताएका हुन् ।

उनलाई पत्रकारले ‘भारत र पाकिस्तानसँगको खेलमा नेपाली टिमको लक्ष्य के हुन्छ’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा उनले भने, “रिजल्ट हाम्रो कन्ट्रोलमा छैन । प्रक्रिया कन्ट्रोलमा छैन । त्यो दिन सबैले हेरिरहेको हुन्छ, बेस्ट क्रिकेट प्रिजेन्ट गर्ने हो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर