![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/InShot_20230823_105325195.jpg)
अमेरिका- अमेरिकाको टेनेसी राज्यको एउटा चिडियाखानामा जन्मिएको जिराफको बच्चा देखेर सबैजना आश्चर्यचकित भएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
सामान्यतया जिराफको शरीरमा धर्को अथवा थोप्लो हुन्छ तर यहाँ जन्मिएको जिराफमा एउटा पनि सेतो दाग नभएपछि सबैजना आश्चर्यमा परेका हुन् । गत जुलाई ३१ मा ब्राइट चिडियाखानामा जन्मिएको सो जिराफको रंग पूर्णतः खैरो छ । व्राइट चिडियाखानाले जारी गरेको प्रेस विज्ञप्तिमा जापानको टोकियोमा सन् १९७२ मा एउटा पनि दाग नभएको जिराफ जन्मिएको घटनापछि भएको यो पहिलोपटक हो । व्राइट चिडियाखानाले संसारभरका चिडियाखानामा यस सम्बन्धी कुरा सोधेको जनाएको छ । सो चिडियाखानाका अनुसार, उसको आनीबानी र व्यवहार पनि अरु सामान्य बच्चा जिराफको जस्तै छ । यो खैरो जिराफको समाचार अमेरिकाका सबैजसो पत्रपत्रिकाले महत्वपूर्ण घटनाका रुपमा प्रकाशित गरेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
उसको उचाइ हाल छ फिट अग्लो भइसकेको पनि उक्त चिडियाखानाले जनाएको छ । हाल संसारभर जिराफको संख्या दिनानुदिन घट्दोक्रममा छ । त्यसैले यसलाई लोपोन्मुख जनावरका रुपमा राखिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
फक्स समाचारले व्राइट चिडियाखानालाई उद्धृत गर्दै सो बच्चा जिराफको नाम के राख्ने भनेर सार्वजनिक आव्हान गरे अनुरुप हजारौँ मानिसले आआफ्नो सुझाव दिएका छन् । सेप्टेम्वर चार तारिखसम्म उपयुक्त नाम दिन पनि आव्हान गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)