

काठमाडौं : काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूलीमा खसेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।

बसमा के कति यात्रु सवारी थिए भन्नेबारे एकिन जानकारी आइसकेको छैन। बस नम्बर तथा अन्य विस्तृत जानकारी आउन बाँकी छ।

दुर्घटनाको खबर आउनासाथ सुरक्षाकर्मी तथा स्थानीयवासीबाट उद्धार कार्य जारी रहेको बताइएको छ।

Views: 94

