Aamsanchar

धरानमा गोरु काटेको घटनाबारे कांग्रेस सांसद शंकरद्वारा सरकारको जवाफ माग

Author Image
बुधवार, भदौ ६, २०८०

काठमाडौं – नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गर्नुभएको हो ।

उहाँले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताउनुभयो । उहाँले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताउनुभयो ।

उहाँले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताउनुभयो । नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको बताउनुभयो

सांसद भण्डारीले नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएकोप्रति दुःख व्यत्तः गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर