नयाँ दिल्ली : तमिलनाडुको मदुरै रेलवे स्टेशन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।
यी तीर्थयात्रीहरू शनिबार बिहान मदुरै पुगेका थिए। उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए ।
यो ट्रेन मदुरै रेलवे स्टेशनबाट करिब एक किलोमिटर टाढा रोकिएको थियो। केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बीबीसी समाचारमा उल्लेख छ।
अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 99