Aamsanchar

‘वित्तीय संस्थाहरूको तरलतामा सुधार, सहारा साकोसको २७ प्रतिशतभन्दा बढी पुग्यो’

Author Image
शनिवार, भदौ ९, २०८०

संस्थाका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी ।

बिर्तामोड । झापाको बिर्तामोड –२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं विस्तारित बैठक आज (शनिवार) सम्पन्न भएको छ ।

कोशी प्रदेशका ६ वटा जिल्लामा रहेको संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी भएका थिए ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विगत र वर्तमानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष तथा सल्लाहकारहरूको ।

‘हाम्रो सहारा हाम्रो गौरव’ नारा अनुसार संस्थालाई स्थापित गराउने दौरानमा सिंगो टिम लागि पर्दै आएको तर अब यतिले मात्र लक्ष्यप्राप्त गर्न सजिलो नहुने हुँदा अझै केही वर्ष कर्मचारी, सञ्चालक समिति दुई गुणाले सक्रिय बन्नुपर्ने भन्दै कार्यकारी प्रमुख गिरीले  भने ‘सानो बचत सानो ऋणको नीति लिएको छौं । चालू वर्ष सदस्य वृद्धि अभियान चलाएर युवालाई संस्थामा भित्राउने लक्ष्य लिइएको जनाउँदै उनले युथ एकेडेमी खोलेर शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा अग्रसरता गराउने’ जनाए ।

संस्थाका कार्यसमिति पदाधिकारीहरू ।

सेयर डिभिडेन्टलाई भन्दा सुविधालाई ख्याल गर्न सुझाब दिँदै कार्यकारी प्रमुख गिरीले गतवर्ष र चालू वर्ष संस्थाले बाह्य ऋण घटाउँदै दुई अर्ब हाराहारीबाट १५ करोडमा झारिएको जानकारी दिए । गतवर्ष मात्र संस्थाले १ अर्ब १४ करोड रुपैयाँ साँवा र १५ करोड ब्याज तिरेर बाह्य ऋण घटाउँदै लगेको उनले जनाए । 

वर्तमान वित्तीय अवस्थाको बारेमा अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरूको तरलतामा सुधारका संकेतहरु देखा परेका छन । सहारा साकोसको पनि तरलता २७ प्रतिशतभन्दा बढी पुगेको कार्यकारी प्रमुखको प्रतिवेदनमा उल्लेख छ । 

विस्तारित बैठकमा संस्थाका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले समग्र वित्तीय स्थिति बारे प्रकाश पारेका थिए । २०८० असार मसान्तमा सहारा नेपालको सदस्य संख्या १ लाख ५७ हजार ६०६ जना रहेका र सेयर पुँजी एक अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० पुर्याइएको जनाए ।

संस्थाले संरक्षित पुँजी फिर्ता कोषमार्फत चालू वर्ष ७ करोड ४२ लाख ७८ हजार ३३५ रुपैयाँ वितरण गरेको अवगत गराउँदै सहायक निर्देशक भट्टराईले ऋणको ब्याजमा ४ करोड ४५ लाख र बचतको ब्याजमा करिब ३ करोड फिर्ता गरिएको जनाए ।

सहारा शिक्षा सदनका विद्यार्थीहरू ।

संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सेवाकेन्द्र / उपसमितिको कार्ययोजना प्रस्तुत र कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले राखेका थिए ।

विस्तारित बैठकमा नव नियुक्त सल्लाहकार, प्रबुद्ध समुह, विभिन्न सेवा केन्द्रमा नियुक्त उपसमितिका संयोजक र सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१