Aamsanchar

झापा गाउँपालिकाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

Author Image
सोमवार, भदौ ११, २०८०

झापा : झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  मोरङ जिल्ला उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका -४ का २५ वर्षीय सन्देश लिम्बूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

झापा-१ बेलायतीबारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दिपेन्द्रमणी राईको कमान्डमा खटिएको सशस्त्र प्रहरीले टोलीले आइतबार राती सवा ९ बजेको समयमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगरजस्तो देखिने ५० ग्राम लिसाइलो पदार्थ, तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो ।
सशस्त्रले  प्रदेश १-०२-०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउन सुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि  नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर