एजेन्सी – रोमानियाको ग्यास स्टेसनमा एकसाथ भएको दुईवटा विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन् ।
राजधानी बुखारेस्ट नजिकैको डाम्बोभिटा काउन्टीमा रहेको उक्त ग्यास स्टेशनमा भएको पहिलो विस्फोटमा ७ जना घाइते भएका थिए भने १ जनाको मृत्यु भएको थियो ।
मृतकको शरीर जलेको वा अन्य चोटपटक भने लागेको थिएन । विष्फोटको आवाजले हृदयघात मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
दोस्रो विस्फोटमा ५० जना घाइते भएका हुन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि बेल्जियम र इटाली पठाइएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
ग्यास स्टेशनमा विष्फोटपछि अन्य काउन्टिहरुमा रहेका ग्यास स्टेशनहरुमा पनि दमकल र अग्नि नियन्त्रक खटाईएको थियो । विष्फोटको कारण भने खुल्न सकेको छैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 79