Aamsanchar

सुन तस्करीको छानविन गर्न जाँचबुझ आयोग गठन गर्न दलहरू सहमत

Author Image
सोमवार, भदौ ११, २०८०

काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ। माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोट ‘भेप’मा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ।

बैठकमा असोज ५ गते आयोग गठन गर्ने र त्यसै दिनदेखि आयोगले काम सुरु गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। आयोगले मुख्यतः पटकपटक भइरहेको सुन तस्करीको विषयमा नीतिगत सुधारका लागि अनुसन्धान गरी प्रतिवेदन गरिने जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)