धनकुटा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले दुई वटा पत्रकरिता पुरस्कारका लागि अक्षय कोष घोषणा गरेको छ । यसक्रममा तीन लाख राशिको ‘पूर्णकुमार चौधरी स्मृति कोष’ स्थापना गरिएको फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङले जानकारी दिइन् । चौधरीको गत माघमा निधन भएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका तत्कालीन सहसचिवसमेत रहेका चौधरीको नाममा स्थापित कोषको ब्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यसैगरी, फोनिजले पाँच लाख राशिको ‘आदिवासी क्रियाशील पत्रकारिता पुरस्कार कोष’को समेत घोषणा गरेको छ । कोषको ब्याजबाट क्रियाशील पत्रकारलाई पुरस्कृत गरिने उद्देश्य रहेको फोनिज अध्यक्ष चेम्जोङले बताइन् ।
Views: 54

