Aamsanchar

गौ रक्षाको माग राख्दै बिर्तामोडमा युवाहरूले निकाले मौन र्याली 

Author Image
मङ्गलवार, भदौ १२, २०८०


बिर्तामोड । राष्ट्रिय जनावर गाई तथा भगवान पशुपतिनाथको वहन नन्दी ९गोरु० हत्या गर्नेहरूलाई संविधानमा उल्लेख भए अनुसार कारवाही हुनुपर्ने माग राखेर झापाको बिर्तामोडमा युवाहरूले मौन विरोध र्याली सम्पन्न गरेका छन् ।

आज बेलुका ५ बजे बिर्तामोडको पश्चिम बस बिसौनी देखि सुरु भएको र्याली बिर्तामोडको मुख्य सडक मुक्तिचोक हुँदै इलाका प्रहरी कार्यालय अगाडि सम्म पुगेर पुन मुक्तिचोकमा आएर र्याली समापन भएको थियो ।

सरकारको ध्यानाकर्षण होस भन्ने हेतुले मुखमा कालो मास्क लगाएर, हातमा कालो कपडाको धजा बाधेर र विभिन्न नारा उल्लेख गरिएको प्लेकार्ड बोकेर करिव ४ सय भन्दा धेरै युवाहरू विरोध र्यालीमा सहभागी बनेको थिए ।

आयोजक संस्था नै नरहेको कार्यक्रममा स्तस्र्फूूत स्थानीय व्यवसायी, पेशाकर्मी, सामाजिक अभियन्ता, युवा जनप्रतिनिधिहरू समेत र्यालीमा सहभागी बनेका थिए ।

शान्तिपूर्ण र्याली समापनको क्रममा सहभागी मध्येका कुशल खतिवडाले भने ‘गौमाताको हत्या काण्डलाई राजनीतिकरण नगरियोस् । आजको र्याली सांकेतिक मात्र हो । भोलिको दिनमा सरकारले गौ हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याएन भने बिर्तामोडका पसलहरू एकाएक बन्द गरेर व्यवसायीहरू सडकमा उत्रिन बाध्य हुनेछन ।’

धरानमा गोरु काटिएको र देशका विभिन्न ठाउँमा गाईको हत्या भइरहेको अनि गौ हत्या गर्न पाउनुपर्छ भन्दै सामाजिक सञ्जाल मार्फत खुलमखुल्ला संविधानलाई चुनौति दिने घटना भइरहेको कारण यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दिनहुँजसो हिन्दु सनातनीहरूले गौ हत्याको विरोधमा सडकमा र्याली तथा कोणसभा आयोजना गर्दै आएका छन् ।

नेपाल बहुभाषी, बहुधार्मिक देश हो ।  कसको धर्म संस्कारले के खान हुन्छ के खान हुँदन व्याख्या गरेको होला । तर गाईको विषय भने धर्म सँगको भन्दा नेपालको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावरको सम्मान र संरक्षण हरेक नेपालीले गर्नु पर्छ । व्यक्तिले गल्ति गरेको खण्डमा सचेत गराउने र दण्डित गर्नको लागि संविधान कानुन बनाइएको हो । गौ हत्यारालाई सरकारले कारवाहीको दायरामा ल्याउँदैन भने संविधानको कुरा सरकारले गर्न सुहाउँदैन, हरेक कुरामा बेथिती देखिन थाल्न । गौ रक्षा र संविधानको सम्मान सबैले गर्नुपर्ने सहभागी स्थानीय प्रवेश बस्नेतको भनाई छ ।

गौ हत्याको विरोधमा भोलि झापाली हिन्दु सनातनीहरू का अगुवाहरूले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको बताइएको छ ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)