

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ ।

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ८५ रुपैयाँमा पुगेको छ ।
यो भाउ हिजोको भन्दा २० रुपैयाँले महँगो हो ।
Views: 104

