सुनसरी । इटहरी उपमहानगरपालिका –२ बसन्त टोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका –१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका –९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको विषयलाई लिएर परियारले आफ्नै कोठामा लगी यशोदाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेलवे धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 107