Aamsanchar

राम्जादेउरालीमा चितुवा मृत फेला

Author Image
शुक्रवार, भदौ १५, २०८०

पर्वत – पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीमा रहेकाे गौतम कुल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।

स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मरेकाे चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।

पर्वतमा गएकाे आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर