Aamsanchar

इटहरीमा आयोजित महिला उद्यमशीलता प्रदर्शनीमा ७५ वटा स्टल

Author Image
शनिवार, भदौ १६, २०८०

सुनसरी । इटहरीमा आयोजित तीन दिने महिला उद्यमशीलता प्रदर्शनीमा आज दोस्रो दिन बिहानैबाट अवलोकनकर्ताहरूको भिड बढ्न थालेको छ ।  हिजो औपचारिक रुपमा उद्घाटन भएको प्रदर्शनी स्थलमा आज सार्वजनिक बिदा भएकोले बिहानै देखि अवलोकनकर्ताहरूको भिड लागेको हो । 

‘हाम्रो ठाऊँ, हाम्रो उत्पादन’ भन्ने नाराका साथ महिला उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु भएको छ।  प्रदर्शनीको उद्घाटन संघीय उपसभापति इन्दिरा रानामगरले गरेकी थिइन । 

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ। जसमा घरेलु, लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरु, जडिबुटी, हस्तकलालगायत सौन्दर्यसम्बन्धी कला सामाग्रीहरू राखिएका छन्।
लायन्स क्लबको हलमा रहेको प्रदर्शनीमा उत्कृष्ट र सिर्जनशील उद्यमी तीन जनालाई छनोट गरेर पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट एवम् सिर्जनशील उद्यमी छनोट गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।

प्रदर्शनीमा कुल १४ लाख ३५ हजार रुपैयाँ खर्च हुने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए। प्रदर्शनीमा ५० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको छ।
प्रदर्शनीका क्रममा हरेक दिन साँझ सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। प्रदर्शनीमा आउनेलाई मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो।

प्रदर्शनीका लागि इटहरी उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश उद्योग वाणिज्य सङ्घ, साहारा नेपाल, एन बाईईएफ सुनसरीलगायतको आर्थिक सहयोग रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर