झापा। झापाको हल्दीबारीमा नेकपा एमाले आवद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा संघ हल्दीबारी गाउँ कमिटीमा विवाद भएको छ ।
दोस्रो युवा संघ नेपाल हल्दीबारी को गाउँ अधिवेशन सुरु भए सँगै विवाद सुरु भएको हो।
भदौ १३ गते बाट सुरु भएको अधिवेशनको पहिलो चरण बाट सहमति जुट्न नसके पछि सहजीकरण गर्नका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो।
समितिको संयोजक नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य मोहन चन्द्र रेग्मी ,हल्दीबारी गाउँ कमिटी इन्चार्ज नरेश चुडाल ,हल्दीबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा ,हल्दीबारी गाउँ कमिटी उपाध्यक्ष महेश मेचे ,हल्दीबारी वडा नं ४ वडा कमिटी अध्यक्ष शैलेन्द्र सिटौला ,राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला अध्यक्ष पुर्वा लामा, र राष्ट्रिय युवा संघ नेपाल हल्दीबारी संयोजक चन्दा उप्रेतीलाई सहजिकरणको जिम्मेवारी प्रदान गरिएको थियो।
जिम्मेवारी प्राप्त गरेको अध्यक्ष मण्डलले आफ्नो जिम्मेवारी कुशलतापुर्वक गर्न नसकेर पहिलो चरणमा कमिटीलाई पूर्णता दिन नसकेको स्पष्ट देखिएको आरोप प्रत्यासी उम्मेदवारहरूले लगाएका छन्।
पुन भदौ १४ गते सहमति गराउने नाममा अध्यक्ष मण्डलले आव्हान गरेको भेलामा पनि अध्यक्ष मण्डल भित्रै मत मतान्तर र अल्पमत र बहुमतको दम्भले निर्णय गरेको युवा संघका नेता रमेश बस्नेतले बताए। युवा सङ्घमा नेतृत्व गर्न इच्छुक युवाहरूको इच्छालाई पनि सम्बोधन गर्ने निर्वाचन मण्डलले नसकेको उनीले बताए।
प्रत्यासी उम्मेदवारहरू कुमार मैनाली, मनोज महेन्द्र ढुङ्गेल, अमृत मेचे, चिरन ढुङ्गेल र राष्ट्रिय युवा संघ नेपाल नवौँ राष्ट्रिय केन्द्रिय महाधिवेशन प्रतिनिधि ज्ञान बहादुर बस्नेत (रमेश) ले संयुक्त रुपमा युवा संघ हल्दीबारी लाई वैधानिक रुपमा सङ्गठन लाई पूर्णता दिन हस्ताक्षर गरेर प्रेस विज्ञप्ति सार्वजनिक गरिसकेका छन्।
त्यस्तै सोही घटनाको युवाहरूले नेकपा एमाले जिल्ला कमिटी झापा ,नेकपा एमाले हल्दीबारी गाउँ कमिटी झापा, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ,झापा लाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र पनि बुझाएको चिरन ढुङ्गेलले जानकारी दिए।