Aamsanchar

इटहरीमा जारी महिला उद्यमशील मेलामा रोङ र कमलको स्टलमा उपभोक्ताहरू आकर्षित

Author Image
शनिवार, भदौ १६, २०८०

इटहरी । सुनसरीको प्रमुख सहर इटहरीमा जारी महिला उद्यमशील मेला (प्रदर्शनी) मा रोङ र कमलको ग्रामीण उत्पादनहरूको स्टलमा अवलोकनकर्ता र उपभोक्ताहरू इटहरीमा जारी महिला उद्यमशील मेलामा रोङ र कमलको स्टलमा उपभोक्ताहरू आकर्षित  बनेका छन् ।

इलाम जिल्ला रोङ गाउँपालिकाले व्यावसायिक गुन्द्रुक र सिस्नो र हाते चिया उत्पादन ले प्रदर्शनीमा घुम्न आउने हरूको  राम्रो मन जित्न सफल भएको छ । गाउँपालिकाका खाद्य शाखा अधिकृत दीक्षा भट्टराईले पालिका वासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताउनुभयो। ‘ब्रान्डिङ’ गरेर महिला उद्यमशिल मेलामा ल्याएको जानकारी समेत दिनुभयो ।

प्रायः भान्सामा अमिलो खाद्य पदार्थ बढी मन पराइन्छ । गुन्द्रुकको मागसमेत उच्च रहने ठहर गर्दै गाउँपालिकाले गुन्द्रुक प्रवर्द्धनमा लागेको जनाइएको छ।
गुन्द्रुक बजार पु¥याइ सकेपछि स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने भएकाले पनि यसको काम अगाडि बढाइएको शाखा प्रमुख भट्टराईको भनाइ छ ।

गुन्द्रुक सिस्नो र हाते चिया उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको र यसको प्रशोधनका लागि कामदार राखिएको वहाँले  बताउनुभयो।

यसैगरी उद्यमशील महिला जागरण संस्था केन्द्र कमल का महिला हरूको पनि हस्तकलाका सामानहरू प्रदर्शनमा राखिएको छ ।  २०७४ सालमा स्थापना भएको यश संस्थाले विभिन्न महिला क्षमता अभिवृत्ति तालिम दिदै आएको संस्था कि अध्यक्ष शान्ता उप्रेती दाहालले जानकारी दिनुभयो  ।

ढाकाका कपडा साडी, सल, हाफसल बर्को खादा तथा कोट को कपडा  महिलाहरुकालागि सेनेटरी प्याड पुन प्रयोग गर्न मिल्ने ब्याग विभिन्न फलफूलहरू बाट तयार परिएको अचार  परालको जुत्ती बाँस को मुडा माला डल तथा कुसन कृस्टल बाट तयार परिएको माला गर गहनाहरुले अवलोकनकर्ताहरूको ध्यान खिचिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)

सम्बन्धित खबर