Aamsanchar

डेङ्गु संक्रमणका कारण १४ वर्षीया किशोरीको मृत्यु

Author Image
आइतवार, भदौ १७, २०८०

दार्चुला : दार्चुलामा डेङ्गु संक्रमणका कारण एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुस्थित  राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो।

जेलिनालाई केही दिन पहिले ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु देखा परेपछि उपचार गरिएको थियो ।

घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि  उपचारका लागि  भारतको पिथौरागढ लगिएको थियो । पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको थियो ।

शनिबार उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय  मावि दत्तूका प्रधानाध्यापक राजेश  सिंह सामन्तले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर