काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन्।
एसिया कपको नेपाल–भारत खेल हेर्न लामिछाने श्रीलंकातर्फ प्रस्थान गरेका हुन्। उनको साथमा पत्नी निकिता पौडेल र सहयोगी दीपक बोहरा रहेका छन्।
सोमबार नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै छ। विजेता टीम दोस्रो चरणमा पुग्नेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 102