Aamsanchar

बिर्तामोडमा जेनुनले एजुकेसन फेयर गर्ने 

Author Image
सोमवार, भदौ १८, २०८०

बिर्तामोड । वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक दिवसीय एजुकेसन फेयर आयोजना हुने भएको छ ।  जेनुुन एजुकेसन एण्ड भिसा सर्भिसको आयोजनामा भदौ २३ गते वृहत एजुकेसन फेयर आयोजना हुने आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको हो ।

अभिभावक र विद्यार्थीहरूलाई सम्बन्धित विश्व विद्यालय एवम् कलेजका सञ्चालक र प्रतिनिधिहरू बीच प्रत्यक्ष भेट गराउने र शुस्म रूपले शैक्षिक परामर्श प्रदान गर्ने हुँदा विशेष गरि अष्ट्रेलियामा अध्ययनका लागि जान चाहनेहरुका लागि यस एजुकेसन फेयर बढी उपलब्धि मूलक रहने आयोजक संस्थाका निर्देशक तथा सञ्चालक लक्ष्मीकान्त खनालले दावी गरेका छन् । खनालको भनाई अनुसार भदौ २१ देखि असोज ३ गते सम्ममा देशका विभिन्न ५ वटा शहरहरूमा एजुकेसन फेयर आयोजना हुने छ । सबै ठाउँको फेयरबाट २ हजार बढी र बिर्तामोडमा हुने फेयरबाट चार देखि पाँच सय जना विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्ने लक्ष्य रहेको छ ।’

सन् २०१६ मा स्थापना भएको जेनुनको नेपालमा ५ र अष्ट्रेलियामा १ गरि ६ वटा शैक्षिक परामर्श केन्द्रहरू रहेको छ । जेनुनको मुख्य कार्यालय भने अष्ट्रेलियाको मेलबर्नमा रहेको छ ।  जेनुनले हाल सम्ममा ६ सय भन्दा धेरै विद्यार्थीहरूलाई अस्ट्रेलियासहित देशहरूमा अध्ययनका लागि जान सहजीकरण गरिसकेको बिर्तामोड शाखाका व्यवस्थापक बिनोद खानलले बताए ।

जेनुनले बिर्तामोडमा भने पहिलो पटक एजुकेसन फेयर आयोजना गर्न लागेको हो ।  फेयरका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा, कम्प्युटर व्यवसायी संघ झापाले पनि सहयोगी भूमिका निर्वाह गर्ने कम्प्युटर व्यवसायी संघ झापाका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन । विदेशका कलेज र विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर