Aamsanchar

नेपालले पहिलो विकेट गुमायाे

Author Image
सोमवार, भदौ १८, २०८०

काठमाडौं : एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका कुशल भुर्तेल ३८ रनमा आउट भए। २५ बल सामना गरेका उनले २ छक्का र ३ चौका प्रहार गरे।

उनी सार्दुल ठाकुरको बलमा क्याचआउट भएका हुन्। सम्हालिएर राम्रो प्रदर्शन गरिरहेको नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाएर ६५ रन बनाएको छ।

श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर