

काठमाडौं : एसिया कपमा भारतविरुद्ध नेपालले एक सय रन पूरा गरेको छ। आशिफ शेखको ४४ रनको मद्धतले नेपालले सय रन पूरा गरेको हो। नेपालले २१.३ ओभरमा सय रन पूरा गरेको हो।

यसैबीच कुशल मल्ल २ रन बनाएर आउट भएका छन्। यससँगै नेपालको चौथो विकेट पतन भएको छ। ५ बल खेलेका उनलाई रविन्द्र जडेजाले क्याच आउट गराएका हुन्।

यसअघि कुलश भुर्तेलले ३८, भीम सार्कीले ७ र रोहित पौडेलले ४ रन बनाएका थिए।

नेपालले २२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १०२ रन बनाएर खेलिरहेको छ।
Views: 90

