Aamsanchar

पञ्जावका एक युवकले ‘कौन बनेगा करोडपति’मा एक करोड रुपैयाँ जिते

Author Image
बुधवार, भदौ २०, २०८०

काठमाडौं : भारतको पञ्जावका एक युवकले ‘कौन बनेगा करोडपति’मा एक करोड रुपैयाँ जितेका छन्। ​ देशभर शिक्षक दिवस मनाइँदै गर्दा २१ वर्षीय जसकरण सिंह १५ ‍औँ संस्करणको कौन बनेगा करोडपतिमा एक करोड जित्ने पहिलो प्रतियोगी बनेका हुन्।

कौन बनेगा करोडपतिमा धेरैले एक करोड रुपैयाँ त जितेका छन्। तर उनको पारिवारिक पृष्ठभूमि र लगनशीलताको अहिले भारतभर चर्चा भइरहेको छ।

भारत र पाकिस्तानको सीमाक्षेत्र नजिकै रहेको ग्रामीण इलाकाको एउटा सानो गाउँमा जन्मिएका जसकरण बीएस्सी इकोनोमिक्सको पाँचौ‌ सेमेस्टरका विद्यार्थी हुन्।

उनका बाबु क्याटरिङको काम गर्छन् भने उनकी आमा अरुको घरमा भाँडा माझ्ने काम गर्छिन्। हजुरबुबा सडकमा छोले भटुरे बेच्ने काम गर्छन्। हजुरआमा किराना पसलमा बस्छिन्। अर्काको घरमा भाँडा माझ्दामाझ्दै हिँडडुल गर्न समस्या भएपछि उनकी हजुरआमा सानो किराना पसल चलाएर बसेकी हुन्।

जसकरण हरेक दिन ५० किलोमिटर गाडीमा यात्रा गरेर कलेज जाने गरेको बताउँछन्।  घरको जेठो छोरा उनी  यूपीएसको तयारी गरिरहेको उनको भनाइ छ।

आफ्ना तीन जना मात्र साथी रहेको पनि उनले सुनाए। कौन बनेगा करोडपतिमा २५ लाख जित्ने उनको सपना बोकेर मुम्बई आएका उनी हवाइजहाजमा यात्रा गर्ने पैसा नभएर बाबुले १० हजार ऋण खोजेर पठाएको भन्दै उनी भावुक बने।

युवाको प्रेरणाको स्रोत बनेका उनको अहिले भारतमा खुब प्रशंसा भइरहेको छ। उनले एक करोडमात्र जितेनन्, हुन्डाइको कार पनि हात पारे। उनको एउटा लाइफ लाइन एक करोड जितुञ्जेलसम्म पनि सुरक्षित थियो।

तर ७ करोडको प्रश्नमा त्यो कुनै पनि लाइफलाइन प्रयोग गर्न नपाइने नियम छ। सात करोडको प्रश्न उनले क्विट गरे। उनले जितेको रकमबाट आफ्नो परिवारलाई शहरमा एउटा घर बनाएर राख्ने सुनाए।  २१ वर्षको उमेरमा आफूले बनाएका तीन जना साथीसँग उनले पार्टी गर्ने पनि जनाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर