Aamsanchar

गायक प्रमोद खरेलले प्रतिलिपि अधिकारको मुद्दा जिते

Author Image
शुक्रवार, भदौ २२, २०८०

काठमाडौं – जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए ।त्यसका आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर