

विराटनगर –सिटीनेट नेपाल च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चयन भएको छ ।

विराटनगरमा भएको सिटीनेट नेपाल च्याप्टरको अधिवेशनबाट चारवर्षे कार्यकालका लागि १३ सदस्यीय समिति चयन भएको हो । उपाध्यक्षमा बुटवल उपमहानगर पालिका, महासचिवमा तानसेन नगरपालिका र कोषाध्यक्षमा भीमदत्त नगरपालिका चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा पोखरा, ललितपुर र भरतपुर महानगरपालिका तथा जितपुर सिमरा र हेटौंडा उपमहानगर र वीरेन्द्रनगर नगरपालिका चयन भएका छन् । संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक छन् । अधिवेशनले हेटौंडामा विपत् जोखिम न्यूनीकरण, तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्नेसमेत निर्णय गरेको छ ।

Views: 83

