Aamsanchar

दुई वटा माेटरसाईकल ठाेक्किदा झापामा ३० बर्षिय युवककाे मृ*त्यु

Author Image
शनिवार, भदौ २३, २०८०

प्रतिकात्मक तस्बिर

झापामा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएकाे छ । झापाको कमल गाउँपालिका–३ को भित्री सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा त्यसै ठाउँका ३० वर्षीय वीरेन्द्र सहनीको ज्यान गएको हो ।

दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे २ प ५९२३ नम्बरको मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर