



कनकाई । झापाको कनकाई नगरपालिका –१ र ७ मा रहेको कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहले तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रमका साथ सामूहिक दर खुवाएर मनाएको छ।
आफ्नो रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) ले जानकारी दिनुभयो । आज शनिबार कनकाई बिहानी क्लबको सभाहलमा कार्यक्रम आयोजना गरिएको सचिव शुरेखा कार्कीले जानकारी दिनुभयो ।
तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने भन्ने मात्रै बुझिन्छ । तर, तीज चेली– माइतीको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको समूहकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक गायत्रा विमली (उप्रेती) ले बताउनुभयो ।
आजको तीज कार्यक्रम सम्पन्न गर्न ५ सदस्यीय उपसमिति समेत गठन गरिएको थियो। जसमा तुलसा थापा, उषा भुजेल (मनु), कृष्णमाया ढकाल र बालिका चौहान उपसमितिको सदस्यीय रहनुभएको थियो ।
समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) को सभापतित्वमा आयोजित कार्यक्रममा वडा न १ का अध्यक्ष सुशील कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले पछिल्लो समय चाडपर्वहरू मनाउँदा विदेशी संस्कृति तथा भेषभूषा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेषभुषाको प्रयोग गर्नुका आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि यस्तो कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न कला तथा संस्कृति झल्कने सङ्गिनी , मारुनी , लगायत दर्जनौँ गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।वर्षमा एक दिन मात्रै भए पनि माइतीको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाए पनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई भुल्नकै लागि भए पनि कार्यक्रमको आयोजना गरिएको समुहकी सल्लाहकार निर्मला बस्नेतको भनाइ थियोे ।
कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्यीय निर्मला खड्का ,कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत ,जामुनबारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खेमराज सिटौला , कनकाई बिहानी क्लबका सल्लाहकार संयोजक अनिरुद्र ओली , सहजीकरण महिला समुहकी अध्यक्ष लीलादेवी प्याकुरेल , टोल न ५ का संयोजक यादव प्रसाद अधिकारी, श्री सिद्धेश्वर शिव पाञ्चायतन मन्दिरका अध्यक्ष बालकृष्ण सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यीय संचिता ल्वागुन, दल बहादुर थापा, जागरण एकल महिला समूहकी अध्यक्ष सकुन्तला खत्री , सामाजिक व्यक्तित्व पण्डित नारायण प्रसाद पाठक , पण्डित बलराम पौडेल ,क्लबका सल्लाहकार होम बहादुर बस्नेत , चुडामणि ढकाल, लक्ष्मी प्रसाद ओली ,श्री सिद्धेश्वर शिव पाञ्यान मन्दिर तथा सामुदायिक भवन निर्माण समितिका सचिव लोकनाथ उप्रेती दिव्येश्वर महिला समूहकी अध्यक्ष सूर्यकुमारी जोगी ,श्री सिद्धेश्वर शिव पाञ्चायान कृतन मण्डलीकी अध्यक्ष कृष्णमाया ढकाल ,शान्ति महिला समूहकी उपाध्यक्ष कल्पना ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिव्येश्वर महिला समूह , शान्ति महिला समूह लगायतले पनि कला र संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको स्वागत तथा औचित्य माथि प्रकाश कार्यक्रम संयोजक गायत्रा विमली ९उप्रेती० ले गर्नुभएको थियो भने सञ्चालन समुहकी सल्लाहकार निर्मला बस्नेत र सदस्य बालिका चौहान थापाले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रम सफल पार्न केही दिन अघिबाट नृत्यमा स्थानीय डान्सर चिरञ्जीवी खनाल र प्राविधिक उज्ज्वल पौडेलले सहजीकरण गर्नुभएको थियो ।पछिल्लो समय नयाँ नेतृत्वमा चयन भएसँगै समूह सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेको पाइएको छ ।