Aamsanchar

एकै दिन अर्जुनधारा र बिर्तामोडमा पाण्डे बन्धु सेवा समिति गठन

Author Image
आइतवार, भदौ २४, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा पाण्डे बन्धु सेवा समिति गठन भएको छ ।  हिजो (शनिबार)  पाण्डे बन्धु सेवा समिति जिल्ला समिति झापाको सहजिकरणमा अर्जुनधारा नगर समिति गठन भएको हो ।

पाण्डे बन्धुहरूको भेलाले मदन पाण्डे (राजन) को अध्यक्षतामा ९ सदस्यीय पाण्डे बन्धु सेवा समिति अर्जुनधारा गठन  गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा बुद्धिप्रसाद पाण्डे, सचिव रोजिना पाण्डे, कोषाध्यक्ष रञ्जु पाण्डे सदस्यहरू बिनोद पाण्डे, मनोज पाण्डे र भीम पाण्डे रहेका छन् । नगर समितिले आगामी बैठकबाट सहसचिव र एकजना सदस्य थप गर्ने गरि हाललाई ७ सदस्य समिति चयन भएको नगर अध्यक्ष मदन पाण्डेले बताए ।

त्यसैगरी हिजो नै पाण्डे बन्धुको बिर्तामोड नगर समिति पनि गठन भएको छ ।  कृष्णप्रसाद पाण्डेको नेतृत्वमा बिर्तामोड नगर समिति गठन भएको हो ।  नव गठित समितिको उपाध्यक्षमा भवानी पाण्डे, सचिव भोलानाथ पाण्डे, सहसचिव नेत्र पाण्डे, कोषाध्यक्ष खिलेश्वरा पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरूमा डिकेन्सन पाण्डे, गंगाप्रसाद पाण्डे, गुणराज पाण्डे, विष्णु पाण्डे, नरप्रसाद पाण्डे, निश्चल पाण्डे, तेजप्रसाद पाण्डे र प्रकाश पाण्डे रहेका छन् ।

पाण्डे बन्धुु सेवा समिति झापाले झापाका १० वटा पालिकाहरूमा समिति गठन गरिसकेको छ । अब बाँकी पालिकाहरूमा छिट्टै समिति गठन गरेर वृहत पाण्डे बन्धु भेला आयोजना गर्ने तयारी थालिएको पाण्डे बन्धु सेवा समिति झापाका अध्यक्ष चिरञ्जीवी पाण्डेले आमसंचारलाई बताए ।

नगर समिति गठन अभियानमा निवर्तमान केन्द्रीय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि हरिकुमार पाण्डे, केन्द्रीय सदस्य भूमिका  पाण्डे, मनोरथ पाण्डे, भवानी पाण्डे,  निवर्तमान केन्द्रीय कोषाध्यक्ष मदन पाण्डे, सह सचिव  विष्णु पाण्डे र पूर्व केन्द्रीय सल्लाहकार सदस्यहरू उमानाथ पाण्डे, सन्तोष पाण्डेको सक्रियता रहेको छ ।

जिल्ला उपाध्यक्ष जिपी पाण्डे र कोषाध्यक्ष इन्द्रकुमारी पाण्डेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन  जिल्ला सहसचिव उर्मिला ओली पाण्डेले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)