Aamsanchar

यूएस टेनिस ओपनको उपाधि जिते नोभाक जोकोभिचले

Author Image
सोमवार, भदौ २५, २०८०

काठमाण्डाै – सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् ।

३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् । यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो  जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।

जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर