Aamsanchar

नेपाली बजारमा सनुचाँदीको मूल्य

Author Image
सोमवार, भदौ २५, २०८०

काठमाडौं – नेपाली बजारमा सोमबार सनुचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर