Aamsanchar

सिम्रिकको स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ४० दिनमा ८ लाख बढी रकम वितरण

Author Image
सोमवार, भदौ २५, २०८०

बिर्तामोड।  झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्ष २०८०/८१ मा ९२ जना शेयर सदस्य तथा  तिनका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग राहत रकम प्रदान गरेको छ ।
संस्थाले चालु आर्थिक वर्षको भदौ १५ गते सम्ममा उक्त रकम सदस्य तथा तीनका परिवारलाई वितरण गरेको हो ।

राहत कोष अन्तर्गत मृत्यु भएका सदस्यको कर्जा मिनाहा, स्वास्थ्य उपचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका राहत सेवा सुविधा अन्तरगत सदस्यलाई निरन्तर रुपमा सहयोग प्रदान गरिंदै आएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरूलाई निरन्तर रुपमा औषधी उपचार खर्च प्रदान गर्दै आएको उनले बताए ।  संस्थाले झापा , मोरङ, इलाम र पाँचथर जिल्लाका ५० वटा सेवा केन्द्रहरूबाट भैपरी आउने तथा विभिन्न रोगहरूबाट बिरामी भई उपचार गराइरहेका सदस्यहरूलाई औषधी उपचार खर्च दिँदै आएको  हो । सोही कार्यक्रम अन्तर्गत संस्थाले  लक्ष्मीपुर सेवा केन्द्रका सदस्य बिर्तामोड ३ का रबिन कोइरालालाई ३६ हजार प्रदान गरेको छ ।

पथरियाको शल्यक्रिया गरेका सदस्य कोइरालालाई एक संक्षिप्‍त कार्यक्रमकैबीच शनिबार बिर्तामोड सेवा केन्द्रमा संस्थाको जोखिम विभाग प्रमुख विजय बस्नेत, बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनाल, लक्ष्मीपुर सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराई लगायतले उक्त रकम प्रदान गरेका हुन् ।  संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार संस्थाले गत आर्थिक बर्ष २०७९/८० मा १ हजार ३५३ जना शेयर सदस्य तथा  तिनका परिवारलाई १ करोड ४२ लाख ४२ हजार रुपैयाँ उपचार सहयोग राहत रकम प्रदान गरेको छ ।

संस्थाको सदस्य उपचार राहत सुविधा नीतिमा उल्लेख भएअनुसार सदस्यलाई उपचार सहयोग राहत रकम प्रदान गरिंदै आएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।  संस्थाले शेयर सदस्य र तिनका परिवारलाई उपचार सहयोग राहत रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै लगेको उनले बताए ।

संस्थाको सदस्यले वार्षिक रुपमा ६१० रुपैयाँ रकम बुझाएपछि र नियमित कारोबार गरेपछि उक्त सुविधा पाउने  संस्थाका कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।  २०६७ सालमा स्थापना भएको संस्थामा हाल ५९ हजार ८ सय ६३ जना शेयर सदस्य रहेका छन् । झापा , मोरङ, इलाम र पाँचथर गरी ४ जिल्लाका ५० वटा सेवा केन्द्र मार्फत संस्थाले सेवा प्रवाह गरिरहेको छ । संस्थाले सदस्यको मृत्यु भएमा उसले लिएको कर्जा मिनाहा गर्ने, सदस्यको औषधि उपचार खर्च बढीमा ५० हजार सम्म बेहोर्ने, बिभिन्न किसिमका शल्यक्रिया गरेका सदस्यलाई बढीमा ५० हजार सम्म , सुत्केरी खर्च बापत बढीमा ५० हजार सम्म , प्राणघातक रोग लागेमा १ लाख रुपैयाँ सम्म संस्थाले उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर