दाङ । दाङ जिल्लामा सर्पदंशको घटना उच्च रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा भएको सर्प दंशको तथ्याङ्कले दाङ जिल्ला सर्पदंशको उच्च जोखिम जिल्ला हो भन्ने पुष्टि हुन्छ ।
जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्क अनुसार दाङमा साउन महिनामा ७० जनालाई सर्पले डसेको छ । जसमा ३६ जना महिला, २८ जना पुरुष र ६ जना बालबालिकाहरू सर्पदंशबाट घाइते भएका छन् । भदौ महिनामा भने सर्पदंशको घटना ३७ पुगेको छ । जसमा १८ जना महिला, १३ जना पुरुष र ६ जना बालबालिकाहरू सर्पदंश को कारण घाईते भएका थिए ।
दाङमा दुई महिनामा ६ जनाले सर्पदंशको कारण ज्यान गुमाएका छन् । साउन महिनामा ५ र भदौमा १ जनाको ज्यान गएको हो । साउनमा मृत्यु हुनेहरूमा महिला १ , पुरुष २ र बालबालिका को संख्या २ रहेको छ । त्यस्तै भदौ महिनामा १ जना पुरुषको सर्पदंशको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 80