Aamsanchar

डेंगुका कारण झापामा थप एक बिरामीको मृ*त्यु

Author Image
बिहिवार, भदौ २८, २०८०

झापा- दुई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । एबीसी नेपालका अध्यक्ष कन्चना ढकालका अनुसार बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको डेंगुको सङ्क्रमणबाट आज मृत्यु भएको हो ।

डेंगु सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा ती महिलाको मृत्यु भएको पनि उहाँले बताउनुभयो । बिर्तामोडमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जनाइएको छ ।

पछिल्लो समयमा डेंगुका कारण साउन यता झापामा ६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ४३९ रहेको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले जनाउनुभयो । ७ हजार ३८ जनाको परीक्षण गर्दा यो सङ्ख्या निस्केको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)