Aamsanchar

सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म : प्रदेश प्रमुख खापुङ

Author Image
शुक्रवार, भदौ २९, २०८०

विराटनगर – प्रदेश प्रमुख माननीय परशुराम खापुङले पत्रकारितामा सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म रहेको बताएका छन्।

शुक्रबार नेपाल पत्रकार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन्।

प्रदेश प्रमुख खापुङले पुराना कुरा सम्झँदै भने, ‘सन् १९७२ मा अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सनले वासिङ्टन डिसीस्थीत रहेको डेमोक्र्याटिक पार्टीको भवन वाटरगेटमा महत्वपूर्ण कागजात चोरीको आरोप लाग्यो। पत्रकारहरूले खोजले उक्त कुरा पुष्टि भयो र राष्ट्रपतिलाई महाभियोग लागी बर्खास्त भए।’ पत्रकारिता सत्यमा रहँदा शक्तिशाली व्यक्तिलाई पनि महाभियोग लाग्ने समेत उनले बताए।

आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ। झा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा राष्ट्रिय समाचार समिति ९रासस०का सञ्चालक समिति अध्यक्ष हुन्।

श्री पिताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘कोशराज रेग्मी राष्ट्रिय पुरस्कार’ नेपाल पत्रकार महासंघ, मोरङको आयोजनाबाट नेपालको पहिलो पत्रकार मानिएका मोतीराम भट्टको स्मृतिदिवसका पुरस्कृत गरिँदै आएको छ। यसवर्ष भट्टस्मृति दिवस २८ गते परेता पनि उक्त राष्ट्रिय शोक परेकाले आज गर्नुपरेको हो।

पुरस्कार ग्रहण गर्दै धर्मेन्द्र झाले नेपालका मृर्धन्य व्यक्तित्व कोशराज रेग्मीसँग जोडिनु आफ्नो अहोभाग्य रहेको बताए।

उनले भने,‘उहाँ नेपाली पत्रकारिता क्षेत्रमा आदरणीय हुनुहुन्छ।’ त्यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा विचलन आएको हल्लाहरूप्रति झाले पहिलो आफूहरू प्रतिवद्धतामा छौँ कि छैनौँ रु मनन् गर्नुपर्नेमा जोड दिए।

उनले भने,‘पत्रकारिताप्रति प्रतिवद्धतामा छौ भने विचलन छैन भन्ने बुझ्नुपर्यो। प्रतिवद्धताबाट टाढिएका छौँ भने सुधारिएर पुनः प्रतिवद्धतामै फर्किनुपर्यो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)