Aamsanchar

‘ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ’

Author Image
शनिवार, भदौ ३०, २०८०

विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।

ओजोन तह विनाश
स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।

विश्व ओजन तह बचाउ दिवस सन् २०२३ को नारा
Montreal Protocol: fixing the ozone layer and reducing climate change.

यस वर्षको नारा ले यसले जलवायु परिवर्तनमा मोन्ट्रियल प्रोटोकलको सकारात्मक प्रभाव, ओजोन रिकभरी ट्र्याकमा छ र किगाली संशोधन मार्फत कसरी जलवायु चुनौतीहरूलाई समर्थन गर्न सकिन्छ भन्ने वैज्ञानिक मूल्याङ्कन प्यानलले हालै गरेको खोजलाई फेरि दर्साएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर