Aamsanchar

कनकाईको रमणीय पार्कमा युवा संघद्वारा वृक्ष रोपण

Author Image
शनिवार, भदौ ३०, २०८०

लक्ष्मीपुर ।  झापाको कनकाई नगरपालिका –८ र ९ नम्बर वडाको सिमाक्षेत्र खाडीबस्ती विरिङ खोला छेउमा रहेको रमणीय पिकनिक स्थल परिसरमा विभिन्न जातका बिरुवाहरू रोपिएको छ ।
‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघले देश व्यापी अभियानको रुपमा सुरु गरेको एक महिने वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन युवा संघ कनकाई –८ समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

युवा संघ कनकाई ८ का अध्यक्ष हेम बुढाथोकीको संयोजकत्वमा आयोजित वृक्षरोपण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका सचिव  पर्वत भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कोशी प्रदेश राष्ट्रिय युवा संघ सचिव  बिनोद राना, कनकाई ८ का पूर्व  अध्यक्ष प्रेम कटुवाललगायतको वृक्षरोपण कार्यक्रममा सहभागी रहेको थियो ।
स्वर्गीय नेता सुवास नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेर सुरु भएको वृक्ष रोपन कार्यक्रममा स्वागत प्रशान्त गिरी ९ यात्री ० र सञ्चालन कृष्ण पुरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 659

प्रतिक्रिया (०)

सम्बन्धित खबर