Aamsanchar

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

Author Image
सोमवार, असोज १, २०८०

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ । लामिछानेविरुद्ध मुद्दामा काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइका लागि पेसी तोकिएपनि अदालतका केही न्यायाधीशको सरुवा र केही बढुवा भएर जान लागेकाले मुद्दाको पेशी स्थगित भएको अदालत प्रशासनले जनाएको छ। आज ७र८ वटा फाँटका मुद्दाको पेशी स्थगित भएको हो।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला(२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। ती

ज पर्व र न्याायधीश कम हुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । स्थानीय तहबाट अभिलेख आएपश्चात आजलाई अन्तिम पेशी तोकिएको थियो। लामिछानेको मुद्दाको पेसी पटक पटक सर्दै आएको छ।

यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने मा गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए।

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो।

पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर