Aamsanchar

उपत्यकामा द्रुत बस सेवा सञ्चालन

Author Image
बुधवार, असोज ३, २०८०

सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजनाअनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क गरेको हो ।

सो खण्डमा प्रत्येक ५ मिनेटको अन्तरमा बसहरू छुट्नेछन् भने ४० सिटभन्दा बढी क्षमताका बसहरूलाई यो सेवामा समावेश गरिएको छ । त्यसरी सञ्चालन भएका बसहरूले यो खण्डमा यात्रुलाई तोकिएका ठाउँमा ओराल्ने र चढाउनेबाहेक रोकेर राख्ने छैनन् भने सडकमा ती बसहरूलाई एम्बुलेन्ससरहको सुविधा दिइएको छ । यतिसम्म कि ती बसहरू सडक बत्तीमा समेत रोक्नुपर्नेछैन ।

काठमाडौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दुरी १३ किमि छ । तर अहिले सो खण्डमा सार्वजनिक यातायातबाट यात्रा गर्न दुई घण्टासम्म लाग्छ । द्रूत बस सेवा सञ्चालन भएपछि भने यो सडक पार गर्न ४५ मिनेटमात्रै लाग्नेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर