

काठमाडौं – गण्डकी प्रदेशको एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ।


Views: 131

