

काठमाण्डौ – तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजो पोखरामा ज्यान गएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

Views: 98

