काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई उपमेयर सुनिता डंगोलले भेटेकी छन् । विगत १६५ घण्टादेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी हुन् ।अभियन्ता ईःका अनुसार डंगोलले आफ्नो स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन् । ‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ उनले भनेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । सोमबार वार्ताको विषयमा मेयर शाह र ईःको विषयमा विवाद देखिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 94