दाङ । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशैँ खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशैँ खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए ।
उनीहरु प्रत्येक वर्ष तिज, दशैँ तथा तिहारमा सरकारसँग रकम माग गर्ने गरेका छन् । केही दिन देखी उनीहरु दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशैँ खर्च माग्दै आएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 116