Aamsanchar

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान

Author Image
बिहिवार, असोज ११, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनकतारको निमन्त्रणामा कतार प्रस्थान गरेका छन्।

प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा उनी बुधबार दोहा प्रस्थान गरेका हुन्। नेपाली समुदाय र श्रमिकहरूसँग छलफल तथा भेटघाटका लागि लिङदेन कतार गएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। लिङ्देनको भ्रमण दलमा प्रवास विभाग प्रमुख तथा राप्रपा केन्द्रीय सदस्य आनन्द अधिकारी पनि सहभागी छन्।

उनले कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ।

लिङ्देनले आफ्नो अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएका छन्। उनी असोज १३ स्वदेश फर्किनेछन्।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर