Aamsanchar

परस्त्री काण्ड :  बस्नेत अर्जुनधारा स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट मुक्त

Author Image
शुक्रवार, असोज १२, २०८०

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले सिनियर अहेव मुकुन्द बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको छ । केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा स्वास्थ्य शाखा प्रमुख बस्नेत शनिश्चरे अस्पतालकी महिला स्वास्थ्यकर्मीसँगको भिडिओ सार्वजनिक भएको थियो । सोही घटनालाई लिएर आज बसेको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म शाखा प्रमुखको जिम्मबारीबाट हटाउन नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

व्यवस्थापन समितिको सिफारिसको आधारमा बस्नेतलाई आजैको मितिदेखि स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको नगरपालिकाले जनाएको छ । शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टिकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ । यसैगरी, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टिकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

यता बस्नेतले भने लेनदेनको विषयमा सडकको किनारमा बसिरहेका समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् । उनले श्रीमती, भिडिओमा देखिएकी ती युवती र आफूसमेत भएर पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
2
+1
1
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)