Aamsanchar

कोशी प्रदेश मध्यावधि चुनावमा गए एमालेलाई बहुमत : ओली

Author Image
शुक्रवार, असोज १२, २०८०

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश मध्यावधि चुनावमा गए एमालेलाई बहुमत ल्याउने अवसर मिल्ने दाबी गरेका छन् ।

पार्टीको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘स्थिरता आवश्यक छ‚मध्यावधितिर जानु उपयुक्त होइन। मध्यावधितर्फ धकेल्नु बुद्धिमानी हुँदैन,’ उनले भने,‘ धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’

कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गर्दै उनले प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको धारणा राखे ।

कोशी प्रदेशको एमाले अधिवेशनको नेतृत्व छान्ने सन्दर्भमा उनले नेतृत्व चयन गर्ने अधिकार प्रतिनिधिलाई भएको बताए ।

पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको बताउँदै ओलीले अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने र नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुने जिकिर गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)