काठमाडौं – पेट्रोलियम पदार्थको मुल्य वृद्धिमा सरकारको कुनै भुमिका नरहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।नेपाल आयल निगमले शनिबार बेलुका अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको भन्दै पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालले अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तरगत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भुमिका नहुने स्पष्ट पारेकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिबारे धारण दिएकी हुन्। उनले भनेकी छन्, ´आशा गरौं चाडपर्वको मुखमा मुल्यवृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ।`
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 78