

काठमाडौं – प्रहरीले चितुवाको छालासहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरूलाई ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुरको आमचोक गाँउपालिका–४ का लक्ष्मण विश्वकर्मा, सोही ठाउँका विनोद कालिकोटे, रामेछापका दलबहादुर आले मगर, धादिङ गल्छीका उमेश दुधराज र सोही ठाउँका प्रेम बिक छन् ।

उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई सोमबार डिभिजन वन कार्यालय हात्तीवन ललितपुर बुझाएको जनाइएको छ ।
Views: 56

